logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पार्टी पुनर्गठन दिवस मनाउँदै एकीकृत समाजवादी

    पार्टी पुनर्गठन दिवस मनाउँदै एकीकृत समाजवादी

    10.3K
    Shares
    पार्टी पुनर्गठन दिवस मनाउँदै एकीकृत समाजवादी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउँदै छ। एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन ९ भदौलाई पार्टी पुनर्गठन दिवसका रूपमा मनाउन लागेको हो।

    नेकपा एसले गत वर्ष एमालेबाट विभाजित भई माधवकुमार नेपालको नेतृत्वमा २ भदौमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएकामा ९ भदौमा दर्ता प्रमाणपत्र पाएको थियो। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको बताएका हुन्।

    उनले पार्टीले हालसम्म ५ लाख सदस्यता वितरण गरिसकेको जानकारी दिए। पार्टी पुनर्गठन दिवस अवसरमा अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालसहितका शीर्ष नेताले सम्बोधन गर्नेछन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend