logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्यो,त्यसैले विद्रोह गर्नुपर्योः झलनाथ खनाल

    ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्यो,त्यसैले विद्रोह गर्नुपर्योः झलनाथ खनाल

    8.1K
    Shares
    ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्यो,त्यसैले विद्रोह गर्नुपर्योः झलनाथ खनाल

     

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीको दक्षिणपन्थी अवसरवाद र उनको नेतृत्व विरुद्ध विद्रोह गर्ने आँट गर्नु महत्वपुर्ण रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) पार्टी पुनर्गठन दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘हामीले नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति कार्यदिशा विचार विरुद्ध विद्रोह गरेको एक वर्ष भएको छ । ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्रोह गर्नुपर्यो’, खनालले पार्टी पुनर्गठनबारे प्रस्ट्याए ।

    अहिले पनि थुप्रै साथीहरू विद्रोह गरेर आउने क्रम जारी रहेको भन्दै उनले आफ्नो पार्टीले समाजवादी क्रान्ति र रुपान्तरणलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए ।

    नेता खनालले ओलीले दक्षिणपन्थी अवसरवादी नीति लिएकाले विद्रोह गरेर पार्टी निर्माण गर्नुपरेको समेत बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend