logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँः सभामुख भण्डारी

    राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँः सभामुख भण्डारी

    8.2K
    Shares
    राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँः सभामुख भण्डारी

    काठमाडौं । प्रदेश १ का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताएका छन् । बिहीवार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् ।

    उनले मानवनिर्मित प्रकोपलाई न्युनिकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । सभामुख भण्डारीले प्रदेश १ विपद्का हिसावमा जोखिमयुक्त रहेको भन्दै वर्षैपिच्छे हुने विपद्लाई न्युनिकरण र व्यवस्थापन गर्न सक्रियतापूर्वक लाग्नुपर्ने बताए । उनले इमान्दारितापूर्वक कर्तव्य पूरा गरे धेरै समस्याको समाधान हुने बताए । उनले प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न नसकेको बताए । सभामुख भण्डारीले नराम्रो कामको संरक्षण गर्ने प्रवृत्तिले समस्या सिर्जना भइरहेको भन्दै विपद्का घटना हुन नदिन बेलैमा पूर्व तयारीका साथ अघि बढ्नुपर्ने बताए ।

    उनले भने, ‘विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्छ । प्रदेश १ जोखिमयुक्त छ । खोलानाला, पहाडका कारण वर्षैपिच्छे विपद् भोग्नुपरेको छ । हामी बसेको ठाउँलाई पनि विपद् मान्छु, हामी पस्दा घुँडासम्म पनि पानी हुन्थ्यो । त्यो अवस्थालाई हामीले पार गरेका छौँ । कोशीको कुरा गर्दा ५÷६ वर्ष अघि ठूलो क्षति गरेको थियो । अहिले अर्कोतिर पस्यो । प्राकृतिक विपद्ले ठूलो क्षति भएको छ । वर्षैपिच्छे हुने विपद्लाई न्युनिकरण र व्यवस्थापन गर्न कति हामी सक्रियतासहित लागेका छौँ ? प्रदेश, स्थानीय र संघीय सरकार व्यवस्थापन गर्न कति सजग भयौँ ? यो गहन विषय छ । गैर प्राकृतिक कुरामा हामी धेरै कुराको जिम्मेवार छौँ । हामीले इमान्दारितापूर्वक कर्तव्य पूरा गरे धेरै कुरा न्युनिकरण गर्नसक्छौँ ।

    मानवनिर्मित प्रकोपलाई न्युनिकरण गर्न हामी सबै इमान्दारितापूर्वक लाग्नुपर्छ । तर हामीमा इमान्दारिताको खाँचो छ । स्वार्थबाट माथि उठेर इमान्दारितमा काम गर्नसके यसमा न्युनिकरण गर्नसक्छौँ । राजनीतिक स्वार्थबाट माथि उठेर, जस पाउने भन्ने भावनाबाट माथि उठेर एकतावद्ध भएर लाग्नुपर्छ भन्ने भावनामा हामी बढ्नुपर्छ । नियमित प्राकृतिक प्रकोपमा दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्नुनपर्छ । तर त्यसमा हामीले काम गरेका छैनौँ । नराम्रो कामको संरक्षण गर्ने प्रवृत्तिले हामीलाई समस्या बनाइरहेको छ । विपद्का घटना हुन नदिन बेलैमा पूर्व तयारीका साथ अघि बढ्नुपर्छ । यसका लागि सबै क्षेत्रकबाट इमान्दारिताका साथ अघि बढ्नुपर्छ । जनता लाभान्वित हुने कुराको व्यवहारमा कार्यान्वयन गर्न सबै प्रतिवद्ध भएर लाग्नुपर्छ ।’

    उनले नागरिक लाभान्वित हुने गरेर कानूनको कार्यान्वयनमा सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend