logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • महानगरले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा आजै डोजर चलाउने

    महानगरले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा आजै डोजर चलाउने

    15.6K
    Shares
    महानगरले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा आजै डोजर चलाउने

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना आजै भत्काउने भएको छ। अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन जान लागेको काठमाडौंका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

    ‘निरीक्षण गर्न जाँदा अल्फाबिटाका सञ्चालकले दाबी गरे‍को जस्तो देखिएन,’ उनले भने, ‘अब त्यो भत्काउन हामी जाँदै छौं।’

    अल्फाबिटाले पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाइएपछि मेयर शाहले त्यो हटाउन भनेका थिए। त्यस क्रममा शाहले अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर शर्माले नक्सा आफूसँग नभएको बताए। त्यसक्रममा मेयर शाह र सञ्चालक शर्माबी चर्काचर्की परेको थियो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend