logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको छः माधव नेपाल

    राष्ट्रपति भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको छः माधव नेपाल

    17.7K
    Shares
    राष्ट्रपति भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको छः माधव नेपाल

     

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरुसँग भेट गर्नुले शंका जन्माएको बताएका छन् । बिहीवार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अधिकारीहरुलाई निवासमा बोलाएर डिनर गराउनुले शंका जन्माएको बताएका हुन् ।

    उनले कुनै अनिष्ट हुने हो कि भन्ने प्रश्न उठेको बताए । अध्यक्ष नेपालले राष्ट्रपति र नेपाली सेनाका अधिकारीहरुको बीचमा भएको भेटवार्ताको सम्बन्धमा गठबन्धनमा छलफल भएको पनि बताए । उनले नेपाली राजनीतिमा प्रतिगामी र राजतन्त्रवादी लगायतका शक्तिहरुको क्रियाशिलताको सम्बन्धमा पनि आफूहरुको नजर पुगिरहेको बताए ।

    उनले भने – ‘राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले पूर्व सनिक अधिकारीरुलाई बोलाएर जसरी राष्ट्रपति निवासमा भोजन, डिनर दिने कामहरु भयो यसले शंका जन्माएको छ । के गर्न खोजेका छन् राष्ट्रपतिले ? भन्ने प्रश्न खडा भएको छ । भोलि कतै अनिष्ट त हुने होइन ? भन्ने प्रश्नहरु पनि खडा भएको छ । आज बिहान बालुवाटारमा त्यसबारेमा हाम्रो बीचमा छलफल पनि भएको छ । हामीले राष्ट्रिय राजनीतिका यी सबै पक्षहरुको बारेमा निगरानी गरिरहेका छौँ । प्रतिगामी शक्तिहरु, दरबारवादी शक्तिहरु, राजतन्त्रवादी शक्तिहरु, विदेशीहरुको दलाली गर्ने शक्तिहरु नेपालको राजनीतिमा कत्तिको क्रियाशिल छन्, यी सबै कुरामा पनि हाम्रो नजर छ ।’

    अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा आएको नतिजाप्रति गौरवबोध गर्नुपर्ने बताए । उनले २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख भन्दा बढी भोट पाएको उल्लेख गर्दै सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गरे । उनले २० लाख भोट पाए पार्टीको २० सिटलाई कसैले रोक्न नसक्ने बताए । उनले आगामी निर्वाचनमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिन्ह प्रचार प्रसारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

    उनले भने– ‘निर्वाचन आयोगले पठाएको तथ्यांकमा पनि धेरै त्रुटीहरु छन् । हामीले मूल्यांकन के गरेका छौँ भने २७ प्रतिशत उम्मेदवार खडा गर्दाखेरी हामीले ९ लाख २७ हजार भोट पाएका छौँ । यदि हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए १५ देखि २० लाख भोट हामीले पाउन सक्दथ्यौँ । १५ देखि २० लाख भोट हामीले पायौँ भने १५ देखि २० वटा सिटलाई कसैले रोक्न सक्दैन । त्यस हुनाले आउने चुनावको सन्दर्भमा समानुपातिक मतको आधारमा पनि हाम्रो पार्टीले आफ्नो हैसियत देखाउन सक्दछ । त्यस हुनाले पार्टीको प्रचार गर्ने अभियानमा, पार्टीको निर्वाचन चिन्हको प्रचार गर्ने काममा अनि मतदातालाई प्रशिक्षित गर्ने काममा जुट्नुपर्ने आवश्यकता छ । यो कुरालाई सबैले ध्यानमा राख्नुहोला ।’

    अध्यक्ष नेपालले सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र संगठनलाई चलायमान बनाउन निर्देशन दिए । त्यस्तै पार्टी संगठन र सदस्यहरुको अभिलेखिकरण गर्नुपर्नेमा उनले जोड दिए । उनले चुनावी अभियानमा जुट्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend