logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विकास हेर्न र सिक्न रुपन्देहीमा आउने अवस्था सिर्जना गर्नुपर्छः विष्णु पौडेल

    विकास हेर्न र सिक्न रुपन्देहीमा आउने अवस्था सिर्जना गर्नुपर्छः विष्णु पौडेल

    16.7K
    Shares
    विकास हेर्न र सिक्न रुपन्देहीमा आउने अवस्था सिर्जना गर्नुपर्छः विष्णु पौडेल

     

    बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासको रोलमोडल बन्दै गएको बताएका छन्। विकासका नयाँ मानक स्थापित गर्न रुपन्देही सफल भएको उल्लेख गर्दै उनले यहाँको विकास अरूका लागि हेर्न लायक बनेको बताएका हुन्।

    शनिवार बुटवल उपमहानगरपालिका १० स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन कार्यक्रममा पौडेलले पछिल्ला वर्षहरुमा रुपन्देहीमा निर्माण सम्पन्न भएका र निर्माणधिन अवस्थामा रहेका योजनाहरुले विकासमा देशकै प्रतिनिधित्व गरेको उल्लेख गरे।

    ‘एउटा महत्वपूर्ण योजनामध्ये अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि एक हो’, पौडेलले भने, ‘यो सहित रुपन्देही क्षेत्रमा देशकै प्रतिनिधित्व गर्ने गौरबका योजनाहरु बनेका छन्। यी योजनाहरुले यस क्षेत्रका नागरिकहरुको जीवनस्तर परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।’

    रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका पौडेलले सम्मेलन केन्द्र बुटवलको गहना भएको बताए। यहाँ नियमित कार्यक्रम भए मात्र सम्मेलन केन्द्रले प्रतिफल दिनसक्ने र सबै प्रकारका कार्यक्रम यहाँ हुनुपर्ने उनले बताए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend