शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सम्मेलन केन्द्रको उद्घाटनसँगै विकासमा बुटवल देशको विकासको आधारशिला भएको छः बालकृष्ण खाँण

सम्मेलन केन्द्रको उद्घाटनसँगै विकासमा बुटवल देशको विकासको आधारशिला भएको छः बालकृष्ण खाँण

 

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटनसँगै विकासमा बुटवल देशको विकासको आधारशिला भएको प्रमाणित भएको बताए । राज्यले गरेको लगानीलाई प्रतिफलमुखी बनाउन सम्मेलन केन्द्रलाई अधिकतम प्रयोग गर्नुुपर्ने उनले बताए । “म यहाँ उपस्थित उद्योगी, व्यवसायी, संघसंस्थाका प्रतिनिधिहरूलाई आग्रह गर्न चाहन्छुु, यो सम्मेलन केन्द्रको अत्यधिक उपयोग गरौं”, गृहमन्त्री खाँणले भने । उनले हरेक दिन तीन लाखका दरले कार्यक्रम गर्नेगरी सञ्चालनको मोडालिटी बनाउन आग्रह गरे ।

उनले सरकारले रुपन्देहीको विकासँग देशलाई जोड्ने गरी पूर्वाधार विकास गरेको बताए । धादिङ र चितवनमा सुरुङमार्ग बनाएर रसुवा र बेलहियालाई जोड्ने गरी सडक निर्माणका लागि सरकारले योजना अघि सारेको मन्त्री खाँडको भनाइ छ । उनले सिद्धबाबामा सुुरुङ मार्ग निर्माणको काम सुरु भएकाले बुटवललाई सुरक्षित सहरका रुपमा विकास गर्ने बताए ।

मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय नागरिकलाई विस्थापित हुन नदिने गरी औद्योगिक क्षेत्रको निर्माण गर्न सरकारले प्रयत्न गरेको गृहमन्त्री खाँणले बताए । उनले अस्थायी रुपमा बसेकालाई स्थायित्व कसरी गराउने भनेर भूूमि आयोगमार्फत प्रक्रिया सुरु भइसकेको बताए । ख

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend