काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाक्रीले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नेपालकै ड्रिम पोजेक्ट रहेको बताइन् । उनले यो परियोजना सम्पन्न हुनु बुुटवल र लुम्बिनीबासीका लागि गौरव भएको बताइन् ।
पूर्व सहरी विकासमन्त्री समेत रहेकी झांक्रीले संरचना अत्यन्तै राम्रो भएकाले यसको दीगो व्यवस्थापन र सञ्चालनमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
१२ महिना खुल्ने र आर्थिक कारोबार गर्नेगरी सम्मेलन केन्द्र सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।