logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • लाज नपचेका नकचराहरूलाई एक–एक गरेर मङ्सिर ४ गते बिदा गर्नुपर्छः रवि लामिछाने

    लाज नपचेका नकचराहरूलाई एक–एक गरेर मङ्सिर ४ गते बिदा गर्नुपर्छः रवि लामिछाने

    14.4K
    Shares
    लाज नपचेका नकचराहरूलाई एक–एक गरेर मङ्सिर ४ गते बिदा गर्नुपर्छः रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले लाज नपचेका नकचराहरूलाई भोट नदिएर बिदा गर्नुपर्ने उनले बताएका छन् । लामिछानेले शनिवार सो पार्टीले खुला मञ्चमा गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

    उनले कोरोना कालमा औषधीमा पनि भ्रष्टाचार गरेको प्रसङ्गमा ‘लाज नपचेका नकचराहरूलाई टुँडिखेलमा राखेर उडेर घुमेर हान्नुपर्ने त्यो पनि नाकको डाँडी भाँचिने गरी’ भन्ने अभिव्यक्ति दिएको बताए । उनले औषधीमा पनि कमिसन खाएपछि आफूले बाध्य भएर सो अभिव्यक्ति दिएको बताए । अव मङ्सिर ४ गते लाज पचेका नकचराहरूलाई भोट नदिएर बिदा गर्नुपर्ने उनले बताए ।

    उनले भने–‘मैले लाज नपचेकाहरूलाई भनेको हो । लाज नपचेकाहरूले बेथितिलाई लाज नपचाई नपचाई बेथितिलाई निरन्तरता दिए । टेलिभिजनमा कर्णप्रिय आवाजमा दुई चार शब्द बोल्न मैले नसिकेको होइन । मिठा चिल्ला कुरा गरेर दङ्ग पार्न नजान्ने पनि हैन । जब जनता कोभिडको महामारीमा मारिइरहेका थिए । त्यति बेला जनता बचाउने औषधीमा पनि कमिसन खाएपछि बाध्य भएर मैले भनेको थिएँ टुँडिखेलका विषयमा । टुँडिखेलका विषयमा टेलिभिजनबाट भनेको त्यो किकलाई मैले भोटमा बदलेको छु । त्यो किक भनेको मङ्सिर ४ गते ब्यालेट बक्समा तपाईंहरुले खसाल्ने मत हो । हिजोको भनाइलाई सच्याउन आज म टुँडिखेलमा उपस्थित भएको छु ।’

     

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend