
काठमाडौं । थप १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २८३९ नमूना परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६४३ र एन्टिजेनबाट २१९६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ६५ र एन्टिजेनबाट १०८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ३९६ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६१२ पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend