काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल कै आफ्नै कार्यालय कमलादी काठमाडौंमा बाँडफाँट गरिएको हो ।
उक्त आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको छ । जसमा २ लाख २९ हजार ४६६ जनाले १० कित्ता सेयर हात पाएका छन् भने २ जना भाग्यमानिले ११ कित्ता शेयर पाएका हुन । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली भएको छ ।
यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको थियो ।
कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं १ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गर्न आईपीओ निष्कासन गर्न लागेको हो । उक्त आयोजना निर्माण गर्नको लागि कम्पनीको हालको अनुमानित लागत रू ९६ अर्ब ६ करोड रहेको छ भने प्रतिमेगावाट लागत क्षमता रू १९ करोड १६ लाख अनुमान गरिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ मा प्रतिशेयर आम्दानी रू। शून्य दशमलव ४६ थियो भने प्रतिशेयर नेटवर्थ रू ९७ दशमलव ९७ रहेको थियो ।