logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    14.3K
    Shares
    सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार आइतबार छापावाल सुन प्रतितोला ९५ हजार १ सय र तेजाबी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनमा प्रतितोला ११ सय र तेजाबी सुनमा प्रतितोला १६ सय रुपैयाँले मूल्य घटेको हो ।

    सोमबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend