logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पाकिस्तानमा बाढी पहिरोबाट तीन करोड तीस लाख प्रभावित

    पाकिस्तानमा बाढी पहिरोबाट तीन करोड तीस लाख प्रभावित

    6.7K
    Shares
    पाकिस्तानमा बाढी पहिरोबाट तीन करोड तीस लाख प्रभावित

    इस्लामावाद, रासस । पाकिस्तानमा बाढी पहिरोबाट पछिल्लो समय तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढी पहिरोले देशका ७२ जिल्लामा असर पारेको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सोमबार जनाएको छ ।

    गत मध्य जुनदेखि सुरु भएको मनसुनपछिका वर्षाजन्य घटनामा परी ठूलो धनजनको क्षति भएको छ । बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने सो प्रान्तमा मात्रै एक करोड ४५ लाख मानिस प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

    बाढी पहिरोका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । सयौँ मानिस बेपत्ता र गम्भीर घाइते भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने उद्धारकर्ताहरुले जनाएका छन् । यस बर्षको प्राकृतिक प्रकोप तीस बर्ष यताकै सबैभन्दा बढी घातक देखिएको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरोलगायतका घटना भएको प्राधिकरणले जनाएको छ । बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन् ।

    त्यसैगरी करिब सात लाख घर क्षतिग्रस्त भएका छन् भने १५० भन्दा बढी पुल भत्किएका छन् । लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र ठूलो मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको छ ।

    सरकारले गत बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रीत गरिने जनाएको छ । बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरुले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरुको आवश्यकता रहेको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend