logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • मलेसियामा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    मलेसियामा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    15.8K
    Shares
    मलेसियामा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    क्वालालमपुर । मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प आएको छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयाअनुसार विहान ८.५९ बजे १० किलोमिटर गहिरो भूकम्प आएको थियो ।

    भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण संकलन गर्ने कार्य भइरहेको पनि जनाएका छन् । मलेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ । भूकम्पका कारण धनजनको क्षति हुने गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend