शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

देशव्यापी रुपमा गठबन्धनको पक्षमा छैनौं, तालमेलका लागि खुला छौंः शंकर पोखरेल

देशव्यापी रुपमा गठबन्धनको पक्षमा छैनौं, तालमेलका लागि खुला छौंः शंकर पोखरेल

 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी चुनावमा नेकपा एमाले गठबन्धनको पक्षमा नभएको बताएका छन् । महासचिव पोखरेलले एमाले गठबन्धनको पक्षमा नभएको तर तालमेलका लागि खुला रहेको बताए ।

उनले आगामी चुनावमा निर्वाचन क्षेत्र विशेषमा अन्य दलहरुसँग तालमेल हुनसक्ने बताएका छन् । तर देशव्यापी रुपमा कुनै पनि दलसँग गठबन्धन नगर्ने उनले बताए ।

एमालेको प्रचार विभागले सोमबार गरेको कार्यक्रममा महासचिव पोखरेलले भने, ‘कुनै प्रकारको गठबन्धनको पक्षमा छैनौं । आफ्नो नीतिका आधारमा निर्वाचनमा प्रस्तुत हुन्छौं ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend