logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो, मेयर बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं: प्रचण्ड

    निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो, मेयर बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं: प्रचण्ड

    14.4K
    Shares
    निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो, मेयर बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं: प्रचण्ड

     

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा नयाँ नयाँ अनुहारलाई चुनाव लडाउने संकेत गरेका छन् । निर्वाचन सेन्टिमेन्ट पनि भएको भन्दै उनले काठमाडौं महनगरका मेयर बालेन साहले भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजी भइरहेको बताए ।

    सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था चिन्ताजनक रहेको बताए । उपत्यकाको पार्टी संगठनको संरचना र नीतिगत विषयमा नयां ढंगले सोच्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘विशेष, सम्पर्क र भ्यालीलाई एक ठाउँमा राखेर पदाधिकारीले कमाण्ड गर्ने संरचना बनाउनेबारे सोच्दछौं ।’

    चुनावी रिजल्ट निकाल्न उम्मेदवार पनि नयाँ नयाँ ल्याउनुपर्ने अवस्था रहेको उनले सुनाए । ‘यही भएर चलखेल गरेकाले जित्ने स्थिति त्यति देखिएन’, प्रचण्डले भने, ‘निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो । बालेनले के जित्यो, सेन्टिमेन्टले जित्यो ।’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend