
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नुपरेको बताएका छन् । जनताको पक्षमा काम गरेको नेतालाई घेराबन्दी गरिएकाले त्यस्ताहरुलाई दण्डित गर्न पनि पार्टीले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर निर्वाचनमा होमिएको उनले बताए ।
महासचिव पोखरेलले भने, ‘एउटा जनताको पक्षमा काम गरेको नेताहरुलाई जब घेराबन्दी गरिन्छ, जनताको अदालतबाट घेराबन्दी गर्नेहरुलाई दण्डित गर्नुपर्छ भन्ने मान्यताको आधारमा उनले उहाँलाई प्रधानमन्त्रीको रुपमा अघि सारेका हौं । नेतृत्वको अभाव पार्टीमा भएर होइन । नेपाली राजनीतिलाई सही बाटोमा ल्याउनका लागि उहाँलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो । हामीलाई बहुमत ल्याउन पार्टी सदस्यले दुई मत मात्रै थप गरे हुन्छ । त्यही भएर आमीले प्रत्येक पार्टी सदस्यले दुई मत थप गर्ने गरी चुनावी रणनीति नै बनाएका छौं ।’
महासचिव पोखरेलले आगामी निर्वाचनमा वहुमत ल्याउनका लागि आफ्नो पार्टीले पार्टीका हरेक सदस्यलाई दुई मत थप गर्नेगरी अघि बढ्ने रणनीति तय गरेको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend