काठमाडौँ – गरिमा विकास बैंकले ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने बैंकले जनाएको छ ।
यो योजनाले भावी दिनमा आम नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास बैंकले राखेको छ ।
बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।