
कैलाली । धनगढी उपमहानगर प्रमुख गोपाल हमालले आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आफूले पदस्थापन गरेको १०० दिन पूरा भएको अवसरमा मंगलबार उनले ४२ बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
हमालले नगरवासीलाई विशेषज्ञ सेवाको सुनिश्चितताका लागि साउन १ देखि विशेषज्ञ वडा सदस्य क्लिनिक सञ्चालन गरेको, फोहोरमैला व्यवस्थापनका लागि विशेषज्ञसँग सम्झौता गरेको, अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरु गरिएको, सुशासन कायम गर्ने उद्देश्यले जनगुनासो सुन्न ‘ह्वाट्स एप’ नम्बर प्रयोगमा ल्याइएको आफ्नो १०० दिने उपलब्धिका रुपमा व्याख्या गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend