काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक चलिरहेको छ । सत्ता गठबन्धनको सीट बाँडफाडको फाइनल गर्नुअघि कांग्रेस शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सहित सबै पदाधिकारी सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा पूर्व पदाधिकारीलाई समेत सहभागी गराएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावमा हुने तालमेलका विषयमा रणनीति बनाउन कांग्रेस नेताहरु बसेर छलफल जारी राखेका हुन् । सत्ता गठबन्धनमा सीट बाँडफाडका विषयमा सहमति हुन नसेकेको अवस्थामा कांग्रेस शीर्ष नेताहरु बसेर गाठो फुकाउने प्रयास गरेका हुन् ।