आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

झापा केपी ओलीको क्षेत्रबाट हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ ले उम्मेदवारी दिने

झापा केपी ओलीको क्षेत्रबाट हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ ले उम्मेदवारी दिने

काठमाडौं । चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ पनि चुनाव लड्ने भएका छन् । उनी अगामी ४ मंसिरमा हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने भएका हुन् । झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

उनले स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका हुन् । उनको उम्मेदवारीको बिषयमा बनेको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

‘मैले उम्मेदवारी दिने सोच बनाएको हो । त्यसअनुसार साथीहरुसँग छलफलमा पनि छु’ कट्टेलले भने–‘छलफल जारी रहदा नै साथीहरुले ब्यानर बनाएर सामाजिक सञ्जालमा भाइरल गरेछन् ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend