logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • खुला संसदको अवधारणालाई नीतिगत व्यवस्था गर्दैछौंः सभामुख शाही

    खुला संसदको अवधारणालाई नीतिगत व्यवस्था गर्दैछौंः सभामुख शाही

    10.8K
    Shares
    खुला संसदको अवधारणालाई नीतिगत व्यवस्था गर्दैछौंः सभामुख शाही

     

    काठमाडौं । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेशमा खुला संसदको अवधारणालाई नीतिगत व्यवस्था गर्न लागेको बताएका छन् । प्रदेश सभामुख शाहीले खुला संसदको अवधारणालाई नीतिगत रुपमा सम्बोधन गर्न नियमावलीमा संशोधन गर्न लागिएको बताएका हुन् ।

    उनले खुला संसदको निर्माण गर्दा शुरुमा भएका अपुग नीतिलाई पूर्ण गरेर व्यवस्थित बनाउन लागिएको बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले प्रक्रियाहरु निर्धारण गर्दापनि एड्भान्स प्रक्रियाको खोजि गरेर बनाउने बताए । सभामुख शाहीले खुला संसदको अवधारणा कर्णाली प्रदेशमा स्थापित भइसकेको उल्लेख गर्दै यसलाई अझ विस्तृत र व्यवहारिक बनाउँदै लैजानुपने आवश्यक्ता रहेको बताए । उनले व्यवहारिक रुपमा अनुभव हासिल गरी बढी प्रभावकारी बनाउन नागरिक, बुद्धिजीवि र सम्बन्धित पक्षहरुसँग सुझाव लिने काम शुरु गरेको बताए , उनले खुला संसदलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ योजना बनाउने काममा प्रदेश सभा रहेको दाबी गरे ।

    उनले भने, ‘नीतिगत रुपमा सम्बोधन गर्नलाई हामी नियमावलीमा पनि व्यवस्था गर्दैछौँ । शुरुमा निर्माण गर्दा नियमावलीमा रहेका अपुगलाई हामी फुलफिल (पूर्ण) गर्दैछौँ । प्रक्रियाहरु निर्धारण गर्दा त्यसलाई पनि एड्भान्स (अग्रिम) बनाउँदै छौँ । खुला संसदको अवधारणा हाम्रो प्रदेशमा स्थापित भइसक्यो । यसलाई अझ विस्तृत बनाउँदै लैजाने, व्यवहारिक रुपमा अनुभव हासिल गरेर अझ बढी प्रभावकारी रुपमा अवलम्वन गर्न सकिन्छ भन्ने सन्दर्भमा सबैका राय, सुझावहरु लिने प्रक्रिया शुरु गरेका छौँ । हामीले यसमा थप योगदान के गर्नसक्छौँ योजना बनाएका छौँ ।’

    सभामुख शाहीले खुला संसदको अवधारणालाई व्यवहारिक रुपमा प्रयोग गर्दै आइरहेकोले अब आउने नयाँ नेतृत्वले गर्दिन भन्न नपाउने स्पष्ट पारे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend