logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बझाङमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

    बझाङमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

    14.3K
    Shares
    बझाङमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

    बझाङ । बझाङमा जीपको ठक्करबाट एक पैदल यात्रीको बुधबार ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ घर भएका ६० वर्षका गगन ओखेडा रहेका छन् ।

    जिल्लाको केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जीपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    ओखेडाको घटनास्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बागथलाले जानकारि दिएको छ । चालक बुङ्गल नगरपालिका –६ बस्ने दीपेन्द्र धामी फरार रहेको बताएको छ । घटनास्थलमा प्रहरी पुगेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend