logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • क्रान्तिमा लागिसकेपछि हामीले एकछिन पनि आराम लिनु हुँदैनः झलनाथ खनाल

    क्रान्तिमा लागिसकेपछि हामीले एकछिन पनि आराम लिनु हुँदैनः झलनाथ खनाल

    17.1K
    Shares
    क्रान्तिमा लागिसकेपछि हामीले एकछिन पनि आराम लिनु हुँदैनः झलनाथ खनाल

    सुर्खेत । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिमा लागिसकेपछि एकछिन पनि आराम लिन नहुने बताएका छन्। नेकपा एकीकृत समाजवादी सुर्खेतले बुधबार आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले भने ‘विगतदेखि नै हाम्रो कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा गयो र बेला बेलामा कम्युनिष्ट क्रान्तिमाथि प्रहार भयो। र, पार्टीभित्र पटक–पटक विद्रोह भयो। क्रान्तिमा लागिसकेपछि हामीले एकछिन पनि आराम लिनुहुँदैन। हामी अहिले नयाँ क्रान्तिमा आएका छौँ।’

    विगतलाई नबुझी वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले हाम्रो देशको परिवर्तन छापामार, र जनयुद्धबाट होइन, जनविद्रोहवाट सम्भव भएको बताउँदै आफू वृद्ध भए पनि विचार जवान भएको बताए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend