logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • घरेलु मैदानमा लिभरपुलको पुनरागमन जित

    घरेलु मैदानमा लिभरपुलको पुनरागमन जित

    15.6K
    Shares
    घरेलु मैदानमा लिभरपुलको पुनरागमन जित

    एजेन्सी । फावियो कार्भाल्होले खेलको इन्जुरी समयको आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई पुनरागमन जित दिलाएका छन् । बुधबार राति घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै लिभरपुलले न्युकासल युनाइटेडमाथि २–१ गोलको जित निकालेको हो ।

     

    लिभरपुलको पूनरागमन जितमा रोबर्टो फिर्मिनो र फावियो कार्भाल्होले एक–एक गोल गरे । उता न्यूक्यासलका एलेक्सान्डर इसाकले एक गोल गरे । खेलको ३८ औं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा १–० गोलले पछि परेको लिभरपुले दोस्रो हाफमा दुई गोल गरेको हो । ६१ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा कार्भाल्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।

    यस जितसँगै लिभरपुलले ५ खेलमा ८ अंक जोडेको छ । लिभरपुल तालिकाको पाँचौं स्थानमा छ । पराजित न्युकासल ६ अंक जोडेर ११ औं स्थानमा छ । बुधबार राति नै भएको अर्को खेलमा टोटेनहम वेस्ट ह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend