शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनको भाउ घट्यो, कति पुग्यो तोलाको ?

सुनको भाउ घट्यो, कति पुग्यो तोलाको ?

 

काठमाडौँ । बिहीबार सुनको भाउ प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ आज प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ पर्नेछ । यसअघि भने प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य आज प्रतितोला ९२ हजार ६०० रुपैयाँ पर्ने भएको छ । यसअघि भने तेजावी सुनको भाउ तोलामा ९३ हजार ५०० रुपैयाँ रहेको थियो ।

यता, चाँदीको भाउ पनि घटेर प्रतितोला एक हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार १३० रुपैयाँ रहेको चाँदीको भाउ आज एकै दिनमा तोलामा ३० रुपैयाँ घटेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend