logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • समाजवादीसँग एकता र एउटै घोषणा पत्र बनाउने प्रयास जारी छः प्रचण्ड

    समाजवादीसँग एकता र एउटै घोषणा पत्र बनाउने प्रयास जारी छः प्रचण्ड

    12.7K
    Shares
    समाजवादीसँग एकता र एउटै घोषणा पत्र बनाउने प्रयास जारी छः प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीसँग पार्टी एकताको प्रक्रिया अघि बढेको बताएका छन् । उनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर अघि बढ्ने प्रयास पनि भइरहेको बताए ।

    उनले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको पनि बताएका छन् ।

    आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे ।

    सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन ३ बाटै चुनाव लड्ने बताए ।

    एमालेसँग तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकिर गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend