मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सरकार बनाउनुभन्दा पनि जनताको पक्षमा काम गर्नु ठूलो कुरा हो, त्यसका लागि तयारी गरेर अघि बढ्छौँः गगन थापा

सरकार बनाउनुभन्दा पनि जनताको पक्षमा काम गर्नु ठूलो कुरा हो, त्यसका लागि तयारी गरेर अघि बढ्छौँः गगन थापा

 

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार बनाउनुभन्दा पनि जनताको पक्षमा काम गर्नु ठूलो कुरा भएको बताएका छन् । ‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार बनाउनुभन्दा पनि जनताको पक्षमा काम गर्नु ठूलो कुरा भएको बताएका हुन् ।

महामन्त्री थापाले सरकार बनाउनुभन्दा पनि जनताको पक्षमा काम गर्नु ठूलो कुरा भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी गरेर अघि बढ्न आफ्नो पार्टीले काम गरिरहेको पनि बताए ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दावी गरे । सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाई थियो ।

महामन्त्री थापाले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पार्टीले केही दिन भित्रै ‘स्थानीय सरकार सवलीकरण तथा अनुगमन ईकाई’ गठन गर्ने बताए । उनले स्थानीय सरकारलाई जनताको पक्षमा काम गराउन पनि पार्टी भित्र सो इकाईको आवश्यक्त रहेको पनि स्पष्ट पारे ।

महामन्त्री थापाले भने, ‘स्थानीय सरकारकै सन्दर्भमा पनि हामीले कोसिस गर्दैछौं –पार्टीमा एउटा डेडिकेटेट र परमानेन्ट इकाई बनाउने भनेर । जसलाई हामी स्थानीय सरकार सवलीकरण तथा अनुगमन ईकाई भनेर पार्टी भित्र राख्न खोज्दैछौं । जसले ५ वर्ष स्थानीय सरकारलाई सशक्त बनाउने र जनताको पक्षमा धेरैभन्दा धेरै काम गराउनेछ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend