logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको छः जनार्दन शर्मा

    मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको छः जनार्दन शर्मा

    9.3K
    Shares
    मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको छः जनार्दन शर्मा

     

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रका सबै सूचकांकहरु सकारात्मक हुँदै गएको दावी गरेका छनु् । अर्थमन्त्री शर्माले सरकारले समयमै होशियारी अपनाएका कारण मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नदिएको समेत बताए ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र समाप्त नै हुन्छ भन्ने ठूल्ठूला आवाज उठीरहेका बेला सरकारले आवश्यक नीति लिएर त्यसलाई बिग्रन नदिएको जिकीर समेत गरे । तरलताको समस्या केही हदसम्म अझै कायमै रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसलाई हल गर्न सरकारले समयमै बजेट खर्च गर्ने कुरामा विशेष ध्यान दिएको पनि बताए ।

    उनले भने, ‘हामीले समयमै होशियारी अपनाएका कारणले नेपाल श्रीलंका नै हुन्छ, नेपालको अर्थतन्त्र समाप्तनै हुन्छ भनेर ठूल्ठूला आवाजहरु निस्किए । त्यसलाई हामीले आवश्यक नीति लिएर, होशियारी अपनाएर बिग्रन दिएनौं । नेपालको अर्थमन्त्री सुधारको बाटोमा अघि बढिरहेको छ । आर्थिक सूचकांकहरु सकारात्मक बन्दै गईरहेका छन । चाडपर्वको समय आएकाले रेमिटेन्स थपिने र खर्च पनि बढने अवस्था छ । तरलताको समस्या केही हदसम्म कायमै छ । यसलाई सहज बनाउनका लागि समयमै बजेट खर्च गर्ने कुरामा विशेष ध्यान दिएका छौं । निर्यात प्रवद्र्धनका लागि जुन नीतिहरु सरकारले निर्माण गरेको छ । त्यसलाई कार्यान्वयन गर्न प्रतिवद्ध हुन म व्यवसायीहरुलाई आग्रह गर्न चाहन्छु ।’

    अर्थमन्त्री शर्माले निर्यात प्रवद्र्धन गर्नका लागि बनाइएको नीतिगत निर्णयहरु तत्काल कार्यान्वयन गर्न पनि उद्योगी, व्यवसायीहरुलाई आह्वान गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend