logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • चलचित्र क्षेत्रमा रहेका सम्भावनाका ढोकालाई खोल्न आवश्यक छः अध्यक्ष केसी

    चलचित्र क्षेत्रमा रहेका सम्भावनाका ढोकालाई खोल्न आवश्यक छः अध्यक्ष केसी

    11.2K
    Shares
    चलचित्र क्षेत्रमा रहेका सम्भावनाका ढोकालाई खोल्न आवश्यक छः अध्यक्ष केसी

     

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा रहेका सम्भावनाका ढोकालाई खोल्न आवश्यक रहेको बताए । शनिवार काठमाडौंमा भएको नेपाल चलचित्र निर्माता संघको १६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपाली कलाकार र प्रविधिकहरुमा दक्षताको कुनै कमी नरहेको दाबी गर्दै नेपाली सिनेमा क्षेत्रपनि संसारका सिने उद्योगसँग प्रतिष्पर्धा गर्न योग्य बनाउन पहल गर्ने बताए । उनले चलचित्र विकास बोर्डले नेपालमै निर्मित नेपाली भाषाका चलचित्रलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो । उहाँले चलचित्र क्षेत्रको विकास हुन नसक्नुको कारण पहिचान गरी एक/दुई दिन भित्र नै मन्त्रालयलाई जानकारी गराउने प्रतिवद्धता जनाए ।

    उनले भने, ‘चलचित्र क्षेत्रमा दुःख मात्रै छैनन् । सम्भावनाको ढोकाहरु धेरै छन् । सम्भावनाका ढोकाहरु कनि खुलिरहेका छैनन्, बन्द भएका सम्भावनाका ढोका हामी खोल्नसक्छौँ । नेपाली सिनेमा क्षेत्रपनि संसारका सिनेमा इण्डस्ट्रीसँग प्रतिष्पर्धा गर्नसक्छ । नेपाली कलाकार र नेपाली प्राविधिकहरुमा ट्यालेन्टको कुनै कमी छैन । नेपालले बनाएको चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । म आएको एक महिना भएको छ । चलचित्र क्षेत्र अघि नबढ्नुको कारण के हो ? त्यसमा सल्लाह गरेर कारण हामी मन्त्रालयमा बुझाउने छौँ । चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठूलो आयश्रोत यसबाट नै गर्नसक्छौँ । चलचित्र उद्योग आज सायद प्राथमिकतामा छैन तर चलचित्र क्षेत्र आयश्रोतको पहिलो माध्यम हो । हामी एकजुट भएर अघि बढौं, खुट्टा तान्ने काम नगरौँ ।’

    अध्यक्ष केसीले चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठूलो आयश्रोत चलचित्र उद्योग बन्ने दाबी गरे । उनले चलचित्र उद्योग आज प्राथमिकतामा नपरे पनि प्राथमिकतामा पार्न लायक बनाउन आफ्नो पहल रहने बताए । उनले चलचित्र क्षेत्रलाई विकास गर्न कसैले कसैको खुट्टा तान्ने नभइ एकजुट हुन जरुरी रहेको पनि बताए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend