logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मुलुकको अर्थतन्त्र सहज बन्दै गईरहेको छः गभर्नर अधिकारी

    मुलुकको अर्थतन्त्र सहज बन्दै गईरहेको छः गभर्नर अधिकारी

    10.4K
    Shares
    मुलुकको अर्थतन्त्र सहज बन्दै गईरहेको छः गभर्नर अधिकारी

     

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलकको अर्थतन्त्र सहज बन्दै गईरहेको जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गईरहेको बताएका हुन् ।

    शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले जोखिम पनि कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराए । अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै धेरै बस्तुहरुको आयातमा वृद्धि गर्न नमिल्ने गभर्नर अधिकारीको भनाई थियो । उनले भने, ‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल गरिराखेका छौं । तर, त्यो सहजतामा हामीले त्यत्तिकै सजकता अपनाउनुपर्ने हुन्छ । हामीले अलिकति सहज भयो भन्दैमा धेरै नै आयात गर्न थाल्यौं भने हामीलाई त्यही प्रेसर दोहोरिदैन भन्ने होइन । सहजता सँगसँगै सजकता पनि हाम्रो लागि आवश्यक विषय छ । यस अर्थमा सकारात्मक कुराहरु आईराखेका छन । पर्यटन गत वर्ष भन्दै पछिल्लो ६ महिनामा दोब्बर आएका छन । केही बस्तुहरुको निर्यात बढेर गएका छन ।’

    केही बस्तुहरुको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गत वर्षको भन्दा पछिल्लो ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको प्रमाणको रुपमा लिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्समा समेत सुधार देखिदै आएको बताए । उनले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनिकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचो समेत औंल्याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend