logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सीट बाँडफाँटमा कांग्रेसले हैसियतभन्दा बढी दाबी गर्यो, उब्रिएको तिमीहरु बाँड भन्छः माधव नेपाल

    सीट बाँडफाँटमा कांग्रेसले हैसियतभन्दा बढी दाबी गर्यो, उब्रिएको तिमीहरु बाँड भन्छः माधव नेपाल

    15.8K
    Shares
    सीट बाँडफाँटमा कांग्रेसले हैसियतभन्दा बढी दाबी गर्यो, उब्रिएको तिमीहरु बाँड भन्छः माधव नेपाल

     

    विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सीट बाँडफाँटमा गठबन्धनभित्र नेपाली कांग्रेसले हैसियतभन्दा बढी दाबी गरेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा आयोजित पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसमा अहंकार देखिएकाले सीट बाँडफाँट टुंगो नलागेको बताए ।

    नेपालले भने– कांग्रेसमा अहंकार देखिएको छ । हामीलाई सय सीट चाहियो, उब्रिएको तिमीहरु बाँड भन्छ । हामीले पनि उनीहरुलाई भनेका छौं, हैसियतभन्दा बढी माग्ने काम नगर ।

    २०७४ सालमा २३ सीट जितेको कांग्रेसले आफ्नो हैसियत भुलेर तीन सीट दाबी गरेको नेपालको गुनासो छ । उनले कांग्रेसलाई २३ को तीन गुणा अर्थात ६९ सीटसम्म दिन सकिने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend