मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

कास्कीमा खैरो हेरोइनसहित १ जना पक्राउ

कास्कीमा खैरो हेरोइनसहित १ जना पक्राउ

कास्की । कास्कीमा लागुऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका–१४ चाउथे कदममार्गस्थित खाजा घरबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खाजा घर सञ्चालक धादिङको गल्छी गाउँपालिका–२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचन रहेका छन् ।

उनको साथबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । खाजा घरमा लागुऔषध बिक्री भइरहेको सुराकको आधरामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले त्यहाँ सर्च गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend