काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान छोट्याउन महाभियोग सिफारिश समितिको आन्तरिक बैठक बसेको छ । बयान छोट्याउनेबारे छलफल गर्न प्रतिनिधिसभाको महाभियोग सिफारिश समितिको बैठक अहिले बसिरहेको छ ।
प्रधानन्यायाधीश जबरासँगको तेस्रो दिनको बैठक अघि समितिको आन्तरिक बैठक बसेको हो । बयान लम्बिएका कारण छोट्याउने विषयमा समितिले आन्तरिक छलफल गरेको हो ।
समितिले तयार गरेका ४३ मध्ये दुई दिनमा ६ वटा प्रश्नको मात्र जवाफ सकिएको छ ।