logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाली कांग्रेसले बझाङमा प्रदेशसभा ‘क’ मा ३१ र ‘ख’ मा २४ जनाको नाम सिफारिस

    नेपाली कांग्रेसले बझाङमा प्रदेशसभा ‘क’ मा ३१ र ‘ख’ मा २४ जनाको नाम सिफारिस

    9.8K
    Shares
    नेपाली कांग्रेसले बझाङमा प्रदेशसभा ‘क’ मा ३१ र ‘ख’ मा २४ जनाको नाम सिफारिस

     

    बझाङ । नेपाली कांग्रेस बझाङले प्रदेश सभा ‘क’ का लागि ३१ तथा प्रदेशसभा ‘ख’का लागि २४ जनाको नाम सिफारिस गरेको छ । ‘क’ मा प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस गरिएको हो । प्रत्यक्षतर्फ जगतप्रसाद जोशी, ध्रुवराज उपाध्याय, नन्दकृष्ण जोशी, नारायण हमाल, पृथ्वीबहादुर सिंह, लोकेन्द्रबहादुर रोकाया, विष्णुबहादुर सिंह र हर्कजंगबहादुर सिंहको नाम सिफारिस गरिएको छ ।

    यस्तै समानुपातिकतर्फ पुरूष खसआर्य तथा पिछडिएको क्षेत्रबाट खडकबहादुर बोहरा, दानबहादुर सुर्मेली, ध्रुवराज उपाध्याय, भक्तराज जोशी, राजेन्द्रबहादुर खड्का, वर्कबहादुर रोकाया र विष्णु ऐडी, खसआर्य पिछडिएको क्षेत्र महिलाबाट कल्पना बोहरा, गोकुलदेवी सिंह, जयन्तीकुमारी जोशी, देवी सेटी, धिराकुमारी खत्री, प्रभालक्ष्मी बजाल, शान्ति बोहरा पुजारा, समितादेवी बोहरा पुजारा र सुनिता विष्ट थापा, अपाङ्गतर्फ मुकेश धामी, दलिततर्फ कलक विक, गोविन्द दमाईं नेपाली, मङ्गल सुनार, सिद्ध सार्की र सुनिल दमाई तथा दलित महिलातर्फ साधना बिसीको नाम सिफारिस गरिएको छ ।

    यसैगरी प्रदेशसभा ‘ख’बाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ ईश्वरबहादुर मल्ल, कटक जप्रेल, चित्र मल्ल, देवराज शर्मा, मानबहादुर कडायत, रमेशबहादुर भण्डारी, रविप्रकाश सिंह र बाबु सिंह तथा समानुपातिक पुरूष खसआर्य पिछडिएको क्षेत्रबाट ईश्वरबहादुर मल्ल, कवि गिरी, केशवराज जोशी, गुणकरप्रसाद जोशी, दीर्घराज जोशी, मानबहादुर कडायत, रमेशबहादुर भण्डारी र सूर्य प्रकाश जोशीको नाम सिफारिस गरिएको प्रवक्ता जोशीले बताए ।

    यस्तै खसआर्य पिछडिएको क्षेत्र महिलाबाट कुमारी अवस्थी, महेश्वरी जोशी, मीना रावल र शान्ताकुमारी महत, दलिततर्फ निर्मला विक र मञ्जित ताम्राकार तथा जनजाति महिलातर्फ शोभा थिङकोनाम सिफारिस गरिएको छ । –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend