
काठमाडौं । पछिल्लो २४ घन्टामा थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३४५० नमूनाको परीक्षण भएको थियो। जसमध्ये १४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज थप २३० जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार पीसीआरबाट ११६ र एन्टिजेनबाट २६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आइतबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।
हाल सक्रिय संक्रमितको संख्या २५२८ रहेको मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend