logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • बैतडीमा २८ सय मतदाता थपिए

    बैतडीमा २८ सय मतदाता थपिए

    11.9K
    Shares
    बैतडीमा २८ सय मतदाता थपिए

     

    बैतडी । जिल्लामा करिब २८ सय मतदाता थपिएका छन् । आगामी मंसिर ४ का लागि घोषणा गरिएको संघीय र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुन गत निर्वाचनको भन्दा २ हजार ८ सय ८ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । योसँगै कुल मतदाताको संख्या १ लाख ५१ हजार ४ सय १४ पुगेको छ ।

     

    गत असार १ गतेदेखि निर्वाचन कार्यालय, प्रशासन र इलाका प्रशासन कार्यालय पुरचौडी हाटमा फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो । थपिएका मतदातामध्ये १ हजार ५ सय ९ जना पुरुष र १ हजार २ सय ८९ जना महिला रहेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताए । गत स्थानीय निर्वाचनमा जिल्लामा १ लाख ४८ हजार ६ सय ६ जना मतदाता थिए । जसमा ७३ हजार ८ सय ८३ पुरुष, ७४ हजार ७ सय २१ महिला र २ जना अन्य मतदाता थिए । सरकारले निर्वाचनको मिति घोषणा गरेसंँगै जिल्लामा मतदाता नामावली संकलन कार्य स्थगन गरेको छ ।

     

    यसैबीच, बैतडीमा ११ वटा मतदानस्थलको नाम र केन्द्र परिवर्तन गर्न सिफारिस गरिएको छ । ‘६ वटाको नाम परिवर्तन गर्न सिफारिस गरिएको हो,’ फुयालले भने, ‘जिल्लाबाट सिफारिस भएका नाम र केन्द्र निर्वाचन आयोगले परिवर्तन गरेर फेरी जिल्लामा पठाउनेछ ।’

    अहिले जिल्लामा १ सय २९ मतदानस्थल र २ सय ५ मतदान केन्द्र छन् ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend