logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • खप्तड लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै

    खप्तड लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै

    11.8K
    Shares
    खप्तड लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै

     

    काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ । खप्तड लघुवित्तको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा हुनेछ । आईपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको छ ।

    यो लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

    कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०।५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend