शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

 

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य साताको दोस्रो कारोबार दिन सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनचाँदीको मूल्य सामान्य बढेको हो ।

सोमबार प्रतितोला ९३ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको भाउ बढेर सोमबार ९३ हजार ७०० रुपैयाँ पुगेको छ भने ९३ हजार १०० रुपैयाँ रहेको तेजावी सुन ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

यता चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको महासङ्घले जनाएको छ । आइतबार प्रतितोला एक हजार ११० रुपैयाँ रहेको चाँदीलाई आज एक हजार ११५ रुपैयाँ पर्नेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend