logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादीद्वारा पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार सिफारिस

    माओवादीद्वारा पाल्पामा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार सिफारिस

    10.1K
    Shares
    माओवादीद्वारा पाल्पामा प्रतिनिधिसभा  र प्रदेशसभामा उम्मेदवार सिफारिस

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) पाल्पाले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ ।

    माओवादीले पाल्पा क्षेत्र नं १ प्रतिनिधिसभातर्फ लीला सोमै र क्षेत्र नं २ मा अनिलकिशोर घिमिरेलाई सर्वसम्मत सिफारिस गरेको छ । यसैगरी प्रतिनिधिसभा समानुपातिकतर्फ दलबहादुर राना, पार्वती विक, केशव पौडेल, हीरा थापा, बलु गैरे, अर्जुनकुमार श्रेष्ठ र तुलसा रानालाई सिफारिस गरेको छ ।

    यसैगरी प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नं १ ‘क’ मा कमलराज भट्टराईलाई सर्वसम्मत सिफारिस गरिएको छ भने ‘ख’ मा दिनेश अर्याल र हुमबहादुर सुनारी सिफारिसमा परेका छन् ।

    क्षेत्र नं २ ‘क’ मा नेत्रप्रसाद पाण्डेयको एकल उम्मेदवारी सिफारिस परेको छ भने ‘ख’ मा वसन्त घर्ती, राजेन्द्र विक, चक्रब्युह थापा, पुरन केसी र मेघराज आचार्यलाई सिफारिस गरिएको छ ।

    प्रदेशसभा समानुपातिकमा गीता विक, खुमबहादुर विक, जानुका घर्ती, केयरसिङ राना, शान्ता सारु, पदम सोमै, राजेश श्रेष्ठ, हेमराज अर्याल, पिताम्वर भट्टराई, हाजिरा खातुन, नवीन ओली, लक्ष्मी ढकाल, धनेन्द्रराज घिमिरे, लोकनाथ गौतम, नुना दिसुवा र जगत् सुनारीलाई सिफारिस गरिएको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend