logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्राफिक चेकिङः मापसे ट्याक्सी र एम्बुलेन्स चलाउने २ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा

    ट्राफिक चेकिङः मापसे ट्याक्सी र एम्बुलेन्स चलाउने २ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा

    11.3K
    Shares
    ट्राफिक चेकिङः मापसे ट्याक्सी र एम्बुलेन्स चलाउने २ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा

     

    काठमाडौं । मदिरा पिएर सार्वजनिक भाडाको ट्याक्सी र एम्बुलेन्स चलाउदै गर्दा रात्रीकालिन चेकिङमा भेटिएका २ जनालाई चालकलाई ट्राफिक प्रहरीले आवश्यक कारवाहीको लागी सम्बन्धित वृतहरूमा पठाएको छ । काठमाडौंको हलचोकबाट गएराती साढे ९ बजे, पक्राउ परेका बा२ज ४६ ५९ नम्बरको ट्याक्सी चालक नुवाकोटको बेलगडी नगरपालिका ५ घर भएका रन्जन अधिकारीले मदिरा सेवन गरेको पाइएकाले उनलाई ट्राफिक प्रहरीले ट्याक्सी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्रहरी वृत्त स्वयम्भुमा बुझाएको छ ।

    यस्तै, मदिरा पिएको अवस्थामा प्रदेश २–०२–००१च ०१ ८१ नम्बरको एम्बुलेन्स चलाउदै गरेका चालक धनुषाको ढल्केवरका ३५ बर्षीय कमल बहादुर श्रेष्ठलाई पनि गएराती ११ बजे, काठमाडौंको महाराजगंजबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी प्रहरी वृत्त महाराजगंजमा बुझाइएको छ ।

    मा।प।सेको कसुरमा कारवाहीमा परेका दुवै चालकलाई सम्बन्धित वृत्तहरूले अभद्र व्यवहारको कसुरमा मुद्धा दायर गर्न म्याद थपको लागी जिल्ला अदालत पठाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिएका छन् ।

    मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेको समेत पाईएको छ । प्रहरी वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्धा चलाउन म्याद थपका लागि आजै जिल्ला अदालत पठाइएको छ ।

    सार्वजनिक सवारी साधनका चालकहरुले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागी ट्राफिक चेकजाँचलाई तिव्रता दिईएको समेत प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक भट्टले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend