
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनबीच चाँडै बाँडफाँटबारे सहमति हुने बताए। मंगलबार बिहान पार्टीको प्रशिक्षणका लागि वरिष्ठ उपाध्यक्षसहित धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशका सबै क्षेत्र एकै पटक टुङ्गिने बताए।
गठबन्धनमा छलफल अन्तिम चरणमा पुगेको र एक दुई दिन भित्रै सहमति हुने प्रचण्डको दावी छ। उनले दाबी आ–आफ्नो भएपनि सहमतिमै निष्कर्षमा पुगिने बताए। प्रचण्डले भने,‘सीट संख्या सबै एकैचोटि टुङ्ग्याउने गरी सबै पार्टीका प्रतिनिधि लागिराख्नुभएको छ। आज बेलुकासम्मको समय दिइएको छ। भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend