logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पाकिस्तानका बाढी पीडितलाई क्याम्बोडियाको सहयोग

    पाकिस्तानका बाढी पीडितलाई क्याम्बोडियाको सहयोग

    5K
    Shares
    पाकिस्तानका बाढी पीडितलाई क्याम्बोडियाको सहयोग

     

    पाकिस्तान । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षामा आएको वर्षा र बाढीमा परेर पीडित भएकाहरुको सहयोगका लागि क्याम्बोडियाले आर्थिक सहयोग उपलब्ध गराएको छ । हाल दक्षिण पूर्वी एसियाली संगठन आसियनको अध्यक्ष पनि रहेको क्याम्बोडियाले पाकिस्तानका बाढी पीडितहरुका लागि ५० हजार अमेरिकी डलर बराबारको सहयोग उपलब्ध गराएको हो ।

    क्याम्बोडियाको विदेश मन्त्रालयका प्रवक्ता चुम सोर्नीले सो कुराको जानकारी दिनुभएको बताइएको छ । क्याम्बोडियाको विदेश मन्त्रालयले प्रकाशन गरेको एक विज्ञप्तिमा पाकिस्तानमा आएको बाढीका कारण परेको समस्यामा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँगको ऐक्यबद्धताका लागि यो सहयोग उपलब्ध गराइएको बताइएको छ ।

    सो विज्ञप्तिमा पाकिस्तानका लागि प्राकृतिक विपद परेका बेलामा गरिएको यो दोस्रो पटकको सहयोग रहेको पनि बताइएको छ । सो विज्ञप्तिमा जनाइएअनुसार सन् २०१० मा पनि क्याम्बोडियाले पाकिस्तानलाई ५० हजार अमेरिकी डलर सहयोग उपलब्ध गराएको थियो । पाकिस्तानको विपद व्यवस्थापन केन्द्रले दिएको पछिल्लो जानकारीअनुसार पाकिस्तानमा भूकम्पबाट एक हजार दुई सय ९० जनाको ज्यान गएको छ भने अरु १२ हजार भन्दा बढी घाइते भएका छन् ।

    यसैबीच पाकिस्तानमा गत २४ घण्टामा भारी मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ ।

    मृत्यु भएका सबै पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध रहेका छन् । ती मध्ये कम्तीमा आठ बालबालिका र दुई महिला रहेका एनडीएमएले जनाएको छ ।
    पाकिस्तानमा यस प्रकोपका कारण विभिन्न भागमा पाँच हजार दुई सय ७९ घर ध्वस्त भएका छन् भने ७६ ओटा पशुको मृत्यु भएको छ ।

    पाकिस्तानमा मनसुनी वर्षापछिको बाढी र पहिरोबाट मध्य जुनदेखि हालसम्म एक हजार तीन सय २५ मृत्यु हुनुको साथै १२ हजार सात सय तीन घाइते भएका छन् ।

    साथै, वर्षाका कारण देशभर १६ लाख ८८ हजार पाँच घर ध्वस्त भएका छन् भने सात लाख ५० हजार चार सय ८१ गाईवस्तुको ज्यान गएको छ । बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी राखेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend