logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गयोः माधव नेपाल

    सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गयोः माधव नेपाल

    11.6K
    Shares
    सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गयोः माधव नेपाल

     

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताएका छन् । अध्यक्ष नेपालले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भएपनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे ।

    पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको उल्लेख गरे । अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । त्यसका लागि पार्टीको हैसियत र सामथ्र्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उनको भनाई थियो । अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

    उनले भने, ‘अव हामीेले चुनावमा लाग्नुछ । चुनावका लागि नै संगठन बनाउनु छ । संगठन परिचालन गर्नुपर्नेछ । अव काठमाडौं र सदरमुकाममा बस्ने होइन । अव बस्तीबस्तीमा जाने हो । त्यसका निम्ति को उठ्यो ? ठूलो कुरा होइन । हाम्रो पार्टीका कलम चिन्हका उम्मेदवार उठे, उठेनन् ? हामीले समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौं । त्यसको निम्ति हामीेले प्रत्यक्ष निर्वाचन मात्रै होइन । समानुपातिक निर्वाचन पनि सँगसँगै हुने भएको हुनाले समानुपातिकको मतमा प्रतिनिधिसभामा पनि कलम छाप, प्रदेशसभामा पनि कलम छाप ।

    अनि प्रत्यक्षतर्फ उठेका हाम्रा उम्मेदवारलाई पनि हामीले कलम छापमा भोट खसाल्ने हो । र, चुनावमा विजयी बनाउने हो । अहिले हामीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न ग¥र्यौं । त्यसमा सवाँ नौं लाख जनताको समर्थन पनि हासिल ग¥यौं । अहिले हामी विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छांैं । यो तालमेल गर्दै अघि बढदै जाने क्रममा नै हामी सिटको बाँडफाँड गर्न चाहिरहेका छौं । त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ ।

    हामीले सम्भव तुल्याउन चाहिरहेका छौं । त्यसो भएको हुनाले हामी तपाईँहरुबाट के आशा गर्छौं भने सम्पूर्ण पार्टीका कार्यकर्ता साथीहरु, मुक्ति संगठनका हाम्रा सबै नेताहरु, केन्द्रिय सदस्यहरु, तपाईहरुले प्रदेश कमिटी र जिल्ला कमिटी बनाउनु भएको छ भने उनीहरुलाई पनि परिचालन गर्ने काममा लाग्नुहोस् । र, नेपालको राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को हैसियत र सामथ्र्य वृद्धि गर्नका लागि तपाईँहरु सम्पूर्ण रुपमा समर्पित हुनुहोस् । पार्टी तपाईहरुको साथमा छ । तपाई हामी हातेमालो गर्दै नेपाली समाजलाई रुपान्तरण गर्ने काममा जुटौं । ’

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend