logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • संघ र प्रदेशको निर्वाचनमा महिलालाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दललाई देवकोटाको आग्रह

    संघ र प्रदेशको निर्वाचनमा महिलालाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दललाई देवकोटाको आग्रह

    9.3K
    Shares
    संघ र प्रदेशको निर्वाचनमा महिलालाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दललाई देवकोटाको आग्रह

    काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले आगामी संघ र प्रदेशको निर्वाचनमा महिलाहरुलाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दलहरुलाई आग्रह गरिन् । उनले डेंगु देशभर फैलिएकाले महामारी हुन नदिनका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने, किटनाशक औषधि छर्कने र सचेतना जगाउने काम गर्न सरकारलाई आग्रह गरिन् ।

    उनले भनिन् – ‘नेपालको संविधानले समानुपातिक, समावेशीको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने भनेको छ । संविधानको मर्म र भावनालाई ध्यानमा राखि प्रत्यक्षतर्फ अत्याधिक महिलालाई उम्मेदवारी दिन सबै राजनीतिक दलहरुलाई सम्मानित सभाको माध्यमबाट अनुरोध गर्न चाहन्छु । डेंगुको संक्रमण अहिले ७५ जिल्लामा फैलिएको छ । यो महामारी हुनबाट रोक्न तीन तहका सरकारको ध्यान किन गएको छैन ? लामखुट्टेको लार्भा नष्ट गर्ने, किटनाशक औषधी छर्कने र सचेतना जगाउने कार्य यथाशिघ्र होस् भनि ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend