logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ऐना झ्यालको पुतली हेर्न पुगिन् नेतृ अष्टलक्ष्मी शाक्य, कलाकारहरुले के भने ?

    ऐना झ्यालको पुतली हेर्न पुगिन् नेतृ अष्टलक्ष्मी शाक्य, कलाकारहरुले के भने ?

    7.6K
    Shares
    ऐना झ्यालको पुतली हेर्न पुगिन् नेतृ अष्टलक्ष्मी शाक्य, कलाकारहरुले के भने ?

     

    काठमाडौं । नेपाली चलचित्र ऐना झ्यालको पुतलीले सकारात्मक प्रतिक्रया पाएको छ । सोमवार काठमाडौं भएको प्रिमियर ‘शो’मा दर्शक बनेर पुगेका कलाकार, साहित्यकार र राजनीतिज्ञहरुले चलचित्र धेरै राम्रो रहेको प्रतिक्रिया दिए ।

    उनीहरुले चलचित्रले आफ्नो बाल्यकालको परिवेशलाई सम्झाउने बताए । चलचित्र हेर्नका नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केकी अधिकारी, प्रकाश सपुत लगायतको उपस्थिति थियो । चलचित्र हेरिसकेपछि अभिनेता दीपकराज गिरीले सानो बेलामा आफ्नो परिवेशलाई स्मरण गर्न बाध्य बनाउने चलचित्र रहेको बताए ।

    उनले कथावस्तु सानो लाग्ने तर फिल्मको सन्देश भने व्यापक रहेको बताए । त्यस्तै अभिनेत्री दीपाश्र िनिरौलाले चलचित्रका पात्रलाई दर्शकले आफैँ हुँ जस्तो बनाउने गरी चलचित्र प्रश्तुत गर्नु उत्कृष्ट रहेको बताइन् । त्यस्तै कलाकार निर्मल शर्माले चलचित्रले आफ्नो मलाई सानो बेलामा पु¥याएको भन्दै चलचित्रको प्रशंसा गरे । त्यस्तै गायिका आनी छोइङ डोल्माले फिल्म असाध्यै सुन्दर रहेको प्रतिक्रिया दिए । उनले नेपाली सामाजिक इतिहासको दस्ताबेजका रुपमा फिल्मलाई चित्रण गरे । उनले चलचित्रमा नारीले जीवनमा गर्नुपरेका सम्झौतालाई यथार्थ वर्णन गरिएको बताए ।

    त्यस्तै अभिनेता एवं गायक प्रकाश सपुतले बाल्यकालको जीवनमा आफूले भोगेको यथार्थता चलचित्रमा झल्किएको बताए । आफूले चलचित्रमा हरेक भाग आफूले भोगेको रहेको भन्दै एकपटक हेर्नैपर्ने चलचित्र रहेको बताए । त्यस्तै अभिनेत्री केकी अधिकारीले फिल्म रहर सपनाको कथा भएको बताए । उनले सामाजिक परिबन्धनका कारण छोड्नुपरेका सपनाहरु फिल्ममा रहेको र अभिनय जीवन्त लाग्ने बताए । उनले यस्ता चलचित्र हेर्नैपर्ने किसिमको रहेको बताए । त्यस्तै अभिनेत्री शिरु बिष्टले बाल कलाकारलाई राखेर काम गर्दा धेरै मिहेनत गरेर काम गरेको बताए । उनले बाल कलाकारहरुको अभिनयका कारण आफ्नो अभिनय पनि उचाईमा पुगेको बताए ।

    सुजित बिडारीको लेखन एवं निर्देशन रहेको फिल्ममा कञ्चन चिमरिया, शिरु बिष्ट, दिनेश खत्री, अशोक शिवाकोटी, क्षितिज लिम्बू, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ, विशा चाम्लिङ राई, राज थापा, पदमप्रसाद पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्र आउँदो शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । सिनेमालाई आकाश पौडेल, प्रविण स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । संखुवासभामा त्यहीँकै स्थानीय कलाकारलाई लिएर बनाइएको फिल्मले उच्च शिक्षा लिन चाहने किशोरी सपनालाई शिशाको झ्यालमा अड्किएको पुतलीको विम्व सादृश्य वर्णन गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend