logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पैसा लिएर भोट दिने मान्छे कहिलै धनी हुँदैनः अध्यक्ष लिङदेन

    पैसा लिएर भोट दिने मान्छे कहिलै धनी हुँदैनः अध्यक्ष लिङदेन

    14.9K
    Shares
    पैसा लिएर भोट दिने मान्छे कहिलै धनी हुँदैनः अध्यक्ष लिङदेन

     

    गुलरिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चुनावका बेला पैसा लिएर भोट दिने मानिस कहिलै धनी नहुने बताएका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका भुरीगाउँ बजारमा आयोजित बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पैसा खाँदै मोटरसाइकलमा तेल हालेर भोट दिएका मान्छेको आर्थिक अवस्था कहिल्यै नफेरिने बताए।

    पैसाको कारोबारमा भएको भोट कारोबारले गाउँघरको विकाससमेत नहुने उनको भनाइ छ। चुनावमा हुने पैसाको चलखेलले नेता, मतदाता मात्र होइन दलहरू पनि बदनाम हुँदै गएका छन्, उनले भने।

    नेपालको राजनितिमा संस्कारको परम्परा बसाउन खोजेको बताउँदै उनले दलका पुराना नेताहरूले देश बिगारेको आरोप लगाए। नेता सुधार्ने एकमात्र विकल्प भोट नहाल्नु नै रहेकोतर्फ सचेत पार्दै नेता लिङदेलले भने यस पटकको निर्वाचनमा स्थानीय तहको धरान र काठमाडौंको जस्तो नतिजा आउने ठोकुवा गरे।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend