logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग

    आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग

    13.4K
    Shares
    आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग

     

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले आन्दोलनरत कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता कर्णले निर्वाचनको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराउँदै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका हुन् ।

    उनले हुलाक सेवामा कार्यरत अतिरिक्त कर्मचारीहरुको तलव सरकारले तोकेको मापदण्ड भन्दा पनि अतिन्यून भएको उल्लेख गर्दै उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । नेपाल अतिरिक्त हुलाक सेवामा अहिले पनि कर्मचारीहरुले ७÷८ हजार मासिक तलव लिएर काम गरिरहेको स्पष्ट पार्दै नेता कर्णले त्यसको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराए ।

    उनले भने, ‘नेपाल अतिरिक्त हुलाक सेवामा अहिले देशभरीमा १० हजार ८५३ कर्मचारी नियुक्त गरिएको छ। । यो कर्मचारीहरुलाई पहाडको विभिन्न रिमोट एरियाहरुदेखि तराईका विभिन्न ठाउँमा यिनीहरुको नियुक्ती भईराखेको रहेछ । वर्षौदेखि काम गरिराखेका छन । यिनीहरुको तलव ७ हजार र ८ हजार रुपैयाँ छ । सम्मानीय सभामुख महोदय, नेपाल सरकारले तय गरेको न्यूनतम तलव जुन हो, त्यो १५ हजार भन्दा कम कसैलाई पनि दिन मिल्दैन । तर सरकारले नै ७÷८ हजार रुपैयाँमा मान्छे नियुक्त गर्छ भने यो श्रम शोषण हो ।

    सरकारले श्रम शोषण गर्न पाउँछ कि पाउँदैन ? यदि सरकारले श्रम शोषण गर्छ भने अरुले श्रम शोषण गरे के कारवाही गर्ने ? यस्तो अवस्था रहेको छ भने यिनीहरु कहिले रिटायर्ड हुने त्यो पनि छैन । बुढो भएको मान्छेलाई पनि काममा लगाईराखिएको छ । उनीलाई पेन्सन दिने व्यवस्था समेत भएको छैन । दूर्भाग्य के छ भने सरकारले अहिले तलव बढायो । करारलाई नबढाउने र स्थायीलाई मात्रै बढाएको रहेछ, कस्तो अचम्म । तलवकैकारण कर्मचारीहरु आन्दोलित छन । यो आन्दोलन निर्वाचनको मुखमा चर्कियोभने निश्चित् रुपमा निर्वाचनको लागि राम्रो हुँदैन । यस्तो विषयमा सम्बन्धित सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयले तुरुन्तै ध्यान दिनु पर्दछ । श्रम शोषण नगरीकन अविलम्व उनीहरुको तलवको व्यवस्था गर्न म सरकारसँग विनम्र निवेदन गर्न चाहन्छु ।’

    नेता कर्णले सरकार आफैंले श्रम शोषण गर्ने काम गर्न नहुने पनि पटकपटक दोहो¥याए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend