logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विद्यार्थी सुरक्षा चेकिङः ३७ जना बिद्यार्थी चालकहरू ट्राफिक प्रहरीको कारवाहीमा

    विद्यार्थी सुरक्षा चेकिङः ३७ जना बिद्यार्थी चालकहरू ट्राफिक प्रहरीको कारवाहीमा

    14.1K
    Shares
    विद्यार्थी सुरक्षा चेकिङः ३७ जना बिद्यार्थी चालकहरू ट्राफिक प्रहरीको कारवाहीमा

     

    काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज ३७ जना बिद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरि ३७ जना विद्यार्थी चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

    साउन ३० गतेबाट शुरू भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म ‍१ हजार २ सय २ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।

    साथै, पानी बोक्ने सवारी साधन र एम्बुलेन्स लक्षित चेकजाँचको क्रममा आज मापसे गरी पानीको गाडी चलाउने १ जना र अन्य १ जना गरी २ जना चालक कारवाहीमा परेका छन् । सोही चेकिङ्गकै क्रममा अवस्था ठिक नभएका २२ वटा पानीको गाडीको चालक र अन्य १०० जना गरी १ सय २४ जना चालकलाई कारवाही गरीएको छ ।

     

    २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ११ जना चालक कारवाहीमा
    साथै गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ११ जना चालकलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ । जसमा फुटपाथमा पार्किङ गर्ने ३ सय ३५ जना , अनावश्यक हर्नको प्रयोग गर्ने २ सय १६ जना , जथाभावि यात्रु चढाउने तथा ओराल्ने १ सय ८५ जना , मदिरा पिएर सवारी साधन चलाउने १ सय ३८ जना,लेन नियम उल्लङघन गर्ने १ सय ३१ जना र अन्य विभिन्न ट्राफिक नियम उल्लङघन गर्ने ३ हजार ६ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend