logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दशैंका लागि असोज १ गतेबाट अग्रीम टिकट बुकिङ खुल्ने

    दशैंका लागि असोज १ गतेबाट अग्रीम टिकट बुकिङ खुल्ने

    14.5K
    Shares
    दशैंका लागि असोज १ गतेबाट अग्रीम टिकट बुकिङ खुल्ने

     

    काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागले १ गतेबाट टिकट खुल्ला गर्ने निर्णय गरेको हो । टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ ।

    दशैंमा घर जानका लागि सहज होस् भनेर प्रत्यक वर्ष दशै अघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ । कोरोना कालमा भने टिकट बुकिङ खुलेको थिएन ।

    अग्रिम टिकट बुकिङ्ग तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्नेगराउने, कोभिड–१९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने । यसका लागि यात्रुलाई खाना÷खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्नु पर्ने छ ।

    यातायात आवागमनमा सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका टेलर लगायतका ठूला सवारी साधनहरु मिति २०७९÷आश्विन १५ गतेदेखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौसम्म सञ्चालन गर्न रोक भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend